Deneme Bonusu Veren Siteler
बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध दायर सार्वजनिक शान्तिविरुद्धको मुद्दामा ४ दिन थप हिरासतमा राख्न अनुमति दिइएको छ। काठमाडौं जिल्ला प्रशासन कार्यालयले म्याद थप गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए।

यससँगै प्रसाईं कम्तीमा चार दिन प्रहरी हिरासतमा रहने छन्। उनी मंसिर ७ गते देशव्यापी आन्दोलन गर्ने भन्दै तयारीमा थिए। तर आन्दोलनअघि नै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनले सार्वजनिक शान्ति भंग हुने किसिमका अभिव्यक्ति दिएका थिए, जसका कारण उनलाई नियन्त्रणमा लिइएको हो।

 

तपाईको प्रतिक्रिया