Deneme Bonusu Veren Siteler
बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई सुनाइएको मृत्युदण्डको विरोधमा उनको प्रतिबन्धित अवामी लिग पार्टीले आज देशव्यापी बन्दको आह्वान गरेको छ। पार्टीले ढाकास्थित अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसिटी) ले गरेको फैसलालाई अन्यायपूर्ण र पक्षपाती भन्दै पूर्णतः अस्वीकार गरेको छ।

अवामी लिगले अन्तरिम सरकार प्रमुख मोहम्मद युनुस र मन्त्रीहरूको तत्काल राजीनामा माग गरेको छ। पार्टी नेता जहाँगीर कबीर नानकले फेसबुकमार्फत भिडियो जारी गर्दै यो फैसला राजनीतिक प्रतिशोधप्रेरित भएको आरोप लगाए। उनले अदालतले अत्यन्त छोटो समयमै मुद्दा टुंग्याएको, ८४ मध्ये ५४ साक्षीको मात्र बयान सुनेको र प्रक्रियामा गम्भीर त्रुटि देखिएको दाबी गरे।

आईसिटीले शेख हसिनालाई २०२४ जुलाईमा विद्यार्थी आन्दोलनका क्रममा भएका हत्याकाण्डमा क्साएको र हत्याको आदेश दिएको आरोपमा मृत्युदण्डको सजाय सुनाएको थियो। पाँचवटा मुद्दामध्ये एकमा मृत्युदण्ड र बाँकीमा आजीवन कारावासको फैसला भएको छ। पूर्व गृहमन्त्री असदुज्जमान खानलाई पनि हत्यामा दोषी ठहर गर्दै मृत्युदण्ड सुनाइयो। तेस्रो अभियुक्त, पूर्व आईजीपी अब्दुल्लाह अल-मामुनलाई पाँच वर्षको कैद सजाय दिइएको छ।

फैसलासँगै हसिना र असदुज्जमानको सम्पत्ति जफत गर्ने आदेश दिइएको छ। अन्तरिम प्रधानमन्त्री युनुसले हसिनालाई भारतबाट देश निकालाको मागसमेत गरेका छन्।

 

 

तपाईको प्रतिक्रिया