Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

टोकियो – प्रधानमन्त्री ताकाइची सानाइले ताइवानबारे दिएको अभिव्यक्तिको विषयलाई लिएर दुई देशबीचको विवाद चुलिइरहेका बेला एक जापानी विदेश मन्त्रालयका वरिष्ठ अधिकारी चीन पुगेका छन् । जापानी विदेश मन्त्रालयको एसिया तथा ओसेनिया मामिला ब्युरोका महानिर्देशक कनाई मासाकी सोमबार दिउँसो बेइजिङ पुगेका हुन् ।

भ्रमणका क्रममा कनाईले चिनियाँ अधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम छ, जसमा विदेश मन्त्रालयको एसियाली मामिला विभागका महानिर्देशक लिउ जिनसोङ पनि सामेल छन् । कनाईले ताइवानमा सम्भावित आपत्कालसम्बन्धी ताकाइचीको टिप्पणी जापानी सरकारको ताइवानसम्बन्धी अडानबाट विचलित नभएको व्याख्या गर्ने अपेक्षा गरिएको छ ।

उनले चीनलाई दुई देशबीचको भिन्नतालाई जनस्तरको आदानप्रदानमा असर पार्नबाट रोक्न पनि आग्रह गर्ने अपेक्षा गरिएको छ । ताकाइचीको टिप्पणीको प्रतिक्रियामा ओसाकास्थित चिनियाँ महावाणिज्य दूतावासले सामाजिक सञ्जालमा गरेको पोस्टविरुद्ध कनाईले कडा विरोध जनाउने अपेक्षा गरिएको छ ।

जापानका सत्तापक्ष र विपक्षी दलका केही सदस्यहरूले महावाणिज्य दूतलाई निष्कासन गर्नुपर्ने माग गरेका छन् । कनाईले चिनियाँ पक्षलाई उचित प्रतिक्रिया दिन आग्रह गर्ने अपेक्षा गरिएको छ । जापान र चीन दुवैले एकअर्काका राजदूतलाई बोलाएर विरोध जनाएका छन् । बेइजिङले हालै चिनियाँ नागरिकहरूलाई जापान भ्रमण नगर्न आग्रह गरेको थियो ।

तपाईको प्रतिक्रिया