Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई इन्टरनेशनल क्राइम्स ट्राइब्यूनल (आईसीटी) ले मानवताविरोधी अपराधमा दोषी ठहर गर्दै मृत्युदण्ड सुनाएको छ। आईसीटीले सोमबार ढाकामा फैसला सुनाउँदै सन् २०२४ को जुलाईमा भएको विद्यार्थी आन्दोलनमा निःशस्त्र प्रदर्शनकारीहरूलाई गोली चलाउन हसिनाले आदेश दिएको जनाउँदै उनी मानवताविरोधी अपराधमा संलग्न भएको ठहर गर्यो।

उक्त आन्दोलनमा १५ सयभन्दा बढी नागरिकको मृत्यु भएको थियो। ड्रोनमार्फत प्रदर्शनकारीहरूको स्थान पहिचान गरी घातक हतियार प्रयोग गरेर हत्या गराइएको र हसिना यसमा प्रत्यक्ष रूपमा जिम्मेवार रहेको अदालतको भनाइ छ। आक्रमण रोक्न आवश्यक कदम नचालेकोमा पनि उनलाई दोषी ठहर गरिएको हो। ट्राइब्यूनलका अध्यक्ष न्यायाधीश मोहम्मद गोलाम मुर्तुजा मोजुम्दारले कडा सुरक्षाबीच फैसला सुनाए। हसिनालाई आफ्ना विरोधीहरूमाथि गम्भीर मानवअधिकार उल्लंघन गरेको आरोपमा पनि कसूरदार ठहर गरिएको छ।

पूर्व गृहमन्त्री असादुज्जमान खान कमाललाई पनि मानवताविरोधी अपराधमा दोषी ठहर गरी मृत्युदण्ड सुनाइएको छ। पूर्व प्रहरी महानिरीक्षक चौधरी अब्दुल्लाह अल–ममुनलाई त्यस्तै अपराधमा दोषी ठहर भए पनि पुर्पक्षमा सहयोग गरेको भन्दै ५ वर्ष कैद सजाय दिइएको छ। अदालतले हसिना र कमालका सबै सम्पत्ति राज्यका नाममा बदर गर्न आदेश दिएको छ। साथै, जुलाई विद्रोहमा मारिएका परिवारलाई क्षतिपूर्ति दिन सरकारलाई निर्देशन दिएको छ।

 

 

तपाईको प्रतिक्रिया