Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – भाटभटेनीका संस्थापक व्यवसायी मीनबहादुर गुरुङले देशमा आन्दोलन रोक्न सबै पक्ष जिम्मेवार हुनुपर्ने बताएका छन्। कर दिवसका अवसरमा उत्कृष्ट करदाताको तर्फबाट बोल्दै उनले जेन-जी आन्दोलनका क्रममा आफ्नो १२ वटा भाटभटेनी पूरै नष्ट भएको र अन्य धेरै शाखामा ठूलो क्षति पुगेको बताए। कठिन परिस्थिति भएपछि पनि आफूले हिम्मत नहारेर व्यवसाय अघि बढाउने अठोट व्यक्त गरे।

उनका अनुसार दशैँ, तिहार र छठका लागि राखिएको धेरै सामान आन्दोलनका क्रममा लुटपाट र आगजनीमा पर्‍यो। हजारौँ कर्मचारी, बैंकको लगानी र आफ्नो जिम्मेवारीका कारण आफू व्यवसायमै टिकिरहने निर्णयमा पुगेको उनले बताए। नेपालमा विपन्नता र केही हदसम्म जिम्मेवारीको कमीले पनि आन्दोलन हुने गरेको उनको भनाइ छ।

गुरुङले भाटभटेनीमाथि आक्रमण भएको कारणबारे बोल्दै आफूले कुनै राजनीतिक दललाई भवन बनाइदिने कुरा व्यक्तिगत निर्णय भएको बताए। राज्यलाई कर तिरेपछि कसलाई सहयोग गर्ने भन्ने कुरा आफ्नो अधिकार भएको उनको भनाइ छ। उनले डा. भगवान कोईरालाको नेतृत्वमा बनेको बाल अस्पतालमा ठूलो सहयोग गरेको र विपन्न विद्यार्थीलाई एमबिबिएस पढाएको पनि स्मरण गरे।

उनले आन्दोलन दोहोरिए सबैको लगानी र व्यवसाय जोखिममा पर्ने चेतावनी दिए। खोटाङबाट सुरु गरेको मेहनतले हजारौँलाई रोजगारी दिन सफल भएको बताउँदै गुरुङले व्यवसायीहरूले उदार मन राखेर देश विकासमा योगदान दिनुपर्नेमा जोड दिए।

 

 

तपाईको प्रतिक्रिया