Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ –  राष्ट्रिय कर दिवसको अवसरमा सरकार ले यो वर्ष विभिन्न १६ कम्पनी र व्यक्तिलाई बढी कर तिरेबापत सम्मान गरेको छ। काठमाण्डौमा आयोजित विशेष समारोहमा अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सम्मानपत्र र दोसल्लासहित सम्मान प्रदान गर्नुभयो।

वस्तु व्यापारतर्फ लगातार बढी कर तिर्ने कम्पनीको सूचीमा भाटभटेनी पहिलो स्थानमा पर्‍यो। भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले अर्थमन्त्रीबाट सम्मानपत्र ग्रहण गर्नुभयो। व्यक्तिगत करदातामध्ये राजबहादुर शाहलाई सबैभन्दा बढी कर तिरेको आधारमा सम्मान गरिएको छ। सबैभन्दा बढी आयकर बुझाउने सरकारी संस्थाको रुपमा नेपाल दूरसञ्चार प्राधिकरण सम्मानित भयो। एकलौटी फर्ममध्ये थर्ड आई इन्टरनेशनल, वस्तु निर्माणतर्फ डाबर नेपाल प्रालि पनि पुरस्कृत भए।

सूचना प्रविधि क्षेत्रबाट सेवा निर्यात गर्ने ओरिक्स नेपाल प्रालि, कृषि तथा पशुपन्छीजन्य उद्योगतर्फ पोषक ब्रिडर फार्म प्रालि, बैंकमध्ये नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा नोबेल मेडिकल कलेजलाई सम्मान गरिएको छ।

पर्यटन व्यवसायबाट सोल्टी होटल, ५० देखि १०० करोड रुपैयाँसम्म कारोबार गर्ने करदातामा सीडीएस एन्ड क्लियिरिङ हाउस, रेमिट्यान्स तथा मनी ट्रान्सफरमा आईएमई समूह पनि सम्मानित भए। विशेष उद्योगतर्फ सबैभन्दा धेरै आयकर तिर्ने कम्पनीका रूपमा युनिलिभर नेपाल लिमिटेड चयन भएको छ। आन्तरिक राजस्व विभागले हरेक वर्ष मंसिर १ गतेलाई राष्ट्रिय कर दिवसका रूपमा मनाउँदै आएको छ।

 

तपाईको प्रतिक्रिया