Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत मालढुंगा–बेनी सडक स्तरोन्नति कार्य तीव्र रूपमा भइरहेका कारण १ मंसिरदेखि २० मंसिरसम्म दैनिक ७ घण्टा सडक बन्द हुने भएको छ। कालोपत्रको काम बिग्रिने र सवारी चल्दा समस्या बढेकाले बिहान १० बजेदेखि साँझ ४ बजेसम्म यातायात रोक्ने निर्णय गरिएको हो।

सडक बन्दका कारण अत्यावश्यक एम्बुलेन्स, बिरामी बोकेका सवारी तथा अत्यावश्यक विकास निर्माणका साधन बाहेकका सहितका अन्य सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ। यसबारे म्याग्दीका प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले जानकारी दिएका छन्।

कुश्मा नगरपालिकाको मालढुंगादेखि जलजला गाउँपालिकाका विभिन्न वडा हुँदै बेनी जोड्ने १३ किमी सडकलाई दुई लेनमा विस्तार गर्ने काम भइरहेकाले अस्थायी रूपमा बन्द आवश्यक परेको हो। बन्द अवधिमा मालढुंगा–बागलुङ–रत्नेचौर हुँदै बेनी जाने वैकल्पिक मार्ग प्रयोग गर्न सकिनेछ।

२०७७ सालमा ५२ करोड ४६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको यो योजना ठेकेदारको ढिलाइका कारण अझै पूरा हुन सकेको छैन। ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत २०४८ सालमा सुरू भई २०६८ मा कालोपत्र गरिएको यो सडक हाल जीर्ण भइसकेकाले पुनः स्तरोन्नति भइरहेको हो। मालढुंगा–बेनी सडक चीन–भारत जोड्ने कालीगण्डकी करिडोरको सबैभन्दा छोटो मार्ग मानिन्छ।

 

 

तपाईको प्रतिक्रिया