समाचार सुन्नुहोस :
काठमाडौँ – ललितपुर महानगरपालिकाले महानगर प्रहरी बलले गरेको कामको श्रव्य–दृश्य सामग्री आइतबार सार्वजनिक रूपमा प्रदर्शनी गरेको छ। ‘नगरवासीको सेवामा महानगर प्रहरी’ नामक यो सामग्री एक औपचारिक कार्यक्रममार्फत प्रस्तुत गरिएको हो।
कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसहित अन्य जनप्रतिनिधि र अधिकारीहरूको सहभागिता थियो।








