समाचार सुन्नुहोस :
काठमाडौँ – साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्यमा ठूलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ४२ हजार ८०० रुपैयाँ मा कारोबार भएको छ। जुन शुक्रबारको मूल्य २ लाख ४९ हजार ७०० रुपैयाँभन्दा ६ हजार ९०० रुपैयाँले कम हो।
आज चाँदीको मूल्यमा पनि कमी आएको छ। चाँदी तोलामा १५० रुपैयाँले घटेर ३ हजार १३५ रुपैयाँ पुगेको छ। गत शुक्रबार चाँदीको मूल्य ३ हजार २८५ रुपैयाँ थियो।
सुन–चाँदी दुवैको मूल्य घटेपछि बजारमा यसको प्रभाव देखिन थालेको व्यवसायीहरू बताउँछन्।








