Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – उत्तरी फ्रान्समा अवस्थित लिली नजिकैको रूबैक्स क्षेत्रमा चोरहरूले करिब १२ लाख अमेरिकी डलर बराबरका गहना चोरी गरेका छन्। बुधबार एक गहना पसलमा तोडफोड गर्दै चोरहरूले बहुमूल्य सामग्री लुटे र पसलका जौहरी र उनकी पत्नीलाई केही समय बन्धक बनाएर फरार भए।

प्रहरीका अनुसार चोरी भएका गहनाहरूको मूल्य पाँच लाखदेखि १० लाख युरो (झण्डै ५८० हजारदेखि १२ लाख डलर) को बीचमा छ। घटनामा संलग्न हुनसक्ने आशंकामा प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएर अपहरण, संगठित अपराध र सशस्त्र चन्दा असुलीको मुद्दामा अनुसन्धान सुरु गरेको छ।

त्यसै दिन, रूबैक्सकै मुख्य हुलाक कार्यालयमा पनि अर्को चोरी प्रयास भएको थियो। धेरै व्यक्तिले नगद स्थानान्तरण हुने सुरक्षित कोठा तोडफोड गरी झोला लिएर भागे, तर भित्र खाली झोला मात्रै भेटिएको प्रहरीले जनाएको छ। यस घटनामा संलग्न छ जना सोही साँझ पक्राउ परे।

गत महिना पेरिसको लुभ्र म्युजियममा पनि एक गिरोहले दिनदहाडै छापा मार्दै ऐतिहासिक तथा बहुमूल्य गहना चोरी गरेका थिए, जसको मूल्य करिब १० करोड २० लाख डलर थियो।

 

 

तपाईको प्रतिक्रिया