Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल शनिबार सिओलबाट स्वदेश फर्किएका छन्। उनी कात्तिक २५ गते दक्षिण कोरिया पुगेका थिए र नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ११औँ ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’मा सहभागी भएका थिए।

फोरमको मुख्य विषय ‘डिजिटल र एआई ट्रान्सफर्मेसन’ र ‘सस्टेनेबल डिजिटल भविष्यका लागि वैश्विक सहकार्य’ थियो। मन्त्री खरेलले फोरम नेपालको डिजिटल र एआई विकासका लागि उपयोगी भएको बताए। नेपालले एआई नीति बनाएको, राष्ट्रिय एआई केन्द्र सञ्चालनमा ल्याएको र एआई काउन्सिल गठन गर्न लागेको सन्दर्भमा फोरमले नयाँ ज्ञान र अनुभव दिएको उनले उल्लेख गरे।

खरेलले सिओलको ‘एआई स्मार्ट सिटी सेन्टर’ अवलोकन गरेका थिए र नेपाली समुदायसँग साक्षात्कार कार्यक्रम पनि गरेका थिए। फोरममा एसियाका अन्य देशका मन्त्री र वरिष्ठ नीति निर्माताहरु सहभागी थिए।

तपाईको प्रतिक्रिया