Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

टोकियो – जापानले चीनसँग कडा विरोध जनाएको छ । प्रधानमन्त्री सानाई ताकाइचीको ताइवानसम्बन्धी टिप्पणीलाई लिएर दुई देशबीचको कूटनीतिक वाकयुद्ध चर्किएपछि चीनले आफ्ना नागरिकहरूलाई जापान भ्रमण नगर्न सल्लाह दिएको विषयमा जापानले आपत्ति जनाएको हो ।

जापानले चीनलाई शान्त प्रतिक्रिया दिन र द्विपक्षीय सम्बन्ध स्थिर राख्न आग्रह गरेको छ । जापानका प्रमुख क्याबिनेट सचिव मिनोरु किहाराले चीनलाई उपयुक्त उपायहरू अपनाउन आग्रह गर्दै थप स्पष्टीकरण दिएनन्, तर दुई देशबीच संवाद जारी राख्न आह्वान गरे ।

निगाता, टोकियोको उत्तरपश्चिममा भ्रमणका क्रममा पत्रकारहरूसँग कुरा गर्दै किहाराले भने, ‘चीनको दृष्टिकोण जापानको बुझाइसँग मेल खाँदैन। भिन्नताहरू कायमै रहेकाले नै जापान र चीनबीच बहुस्तरीय सञ्चार आवश्यक छ ।’

परराष्ट्र मन्त्रालयको एसियाली तथा ओसियानिया मामिला ब्यूरोका महानिर्देशक मासाकी कनाईले पनि चिनियाँ दूतावासका उपप्रमुख शि योङलाई बेइजिङले उपयुक्त उपायहरू अपनाउन जोडदार आग्रह गरे । गत शुक्रबार चीनको परराष्ट्र मन्त्रालयले ताकाइचीको ताइवान विवादमा जापानको सम्भावित संलग्नतासम्बन्धी हालैका टिप्पणीहरूले व्यापक कूटनीतिक विवादको रूप लिएपछि आफ्ना नागरिकहरूलाई जापान भ्रमणबाट टाढा रहन आह्वान गरेको थियो ।

शनिबार बिहान सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीका नीति प्रमुख ताकायुकी कोबायाशीले अकिता प्रिफेक्चरमा पत्रकारहरूसँग कुरा गर्दै भने, ‘हामी संवाद जारी राख्नेछौं र रचनात्मक तथा स्थिर जापान-चीन सम्बन्ध निर्माण गर्न प्रयास गर्नेछौं ।; उनले चीनको यस कदमको पछाडिको कारण पनि बुझ्न चाहेको बताए ।

द्विपक्षीय सम्बन्धलाई अत्यन्त महत्त्वपूर्ण भन्दै कोबायाशीले चीनप्रति जापानको अडान अपरिवर्तित रहेको बताए । गत हप्ता ताकाइचीले संसदमा बेइजिङद्वारा ताइवानमा सैन्य आक्रमण जापानका लागि अस्तित्व-खतरापूर्ण स्थिति” हुन सक्ने बताएपछि, ओसाकास्थित चिनियाँ महावाणिज्य दूत सुए जियानले एक्समा फोहोर घाँटीलाई एक पल पनि नहिचकिचाई काट्नुपर्ने टिप्पणी गरेका थिए ।

सुएको टिप्पणीबारे कोबायाशीले ती अत्यन्तै अनुचित रहेको भन्दै सरकारलाई कडा प्रतिक्रिया दिन अनुरोध गरेको बताए । ताइवानलाई आफ्नो भूभाग दाबी गर्ने चीनले संसदमा दिएका ताकाइचीका टिप्पणीहरू फिर्ता लिन माग गरेको छ । जापानी सरकारले कसरी प्रतिक्रिया दिन्छ भन्ने आधारमा बेइजिङले प्रतिशोधात्मक उपायहरू बढाउन सक्ने चिन्ता व्यक्त गरिएको छ ।

चीनको पछिल्लो निर्णय जापानको पर्यटन उद्योगलाई हानि पुर्याउने उद्देश्यले गरिएको मानिएको छ । विश्लेषकहरूले चीनले जापानमा आउने विदेशी पर्यटकहरूको सबैभन्दा ठूलो हिस्सा ओगटेकाले यो यात्रा सल्लाहले जापानको बढ्दो इनबाउन्ड मागलाई सुस्त बनाउन सक्ने चेतावनी दिएका छन् ।

चीनको परराष्ट्र मन्त्रालयले यस वर्ष जापानमा सार्वजनिक सुरक्षा खस्किएको दाबी गर्दै आफ्ना नागरिकहरूलाई लक्षित गरी हुने अपराधहरू बढेको आरोप लगाएको छ । उसले जापानमा रहेका चिनियाँ नागरिकहरूलाई सतर्क रहन र अपराधबाट बच्न सावधानी अपनाउन आग्रह गरेको छ । बेइजिङले जापानको चीनप्रतिको दृष्टिकोणले द्विपक्षीय तनाव बढाएको र यस मुद्दालाई टोकियोले सिर्जना गरेको रूपमा चित्रण गर्दै आन्तरिक र अन्तर्राष्ट्रिय रूपमा सन्देश दिन उत्सुक देखिन्छ ।

कम्युनिस्ट शासित चीन र प्रजातान्त्रिक ताइवान सन् १९४९ मा गृहयुद्धपछि विभाजित भएर अलग-अलग शासित हुँदै आएका छन् । बेइजिङले स्वशासित टापुलाई मुख्यभूमिमा पुनर्मिलन गर्नुपर्ने विद्रोही प्रान्तको रूपमा हेर्छ, आवश्यक परे बल प्रयोग गरेर पनि ।

जापानको सुरक्षा कानूनअनुसार, यदि कुनै स्थिति अस्तित्व-खतरापूर्ण मानिएमा, युद्ध त्याग्ने संविधानअन्तर्गत पनि जापानले सामूहिक आत्मरक्षाको अधिकार प्रयोग गर्न सक्छ । ताकाइचीको टिप्पणीलाई चीनले ताइवानमा समुद्री नाकाबन्दी लगाए वा अन्य प्रकारको जबरजस्ती गरेमा जापान सरकारले संयुक्त राज्य अमेरिकाको समर्थनमा आत्मरक्षा बललाई कारबाही गर्न अधिकार दिन सक्ने संकेतको रूपमा व्याख्या गरिएको छ ।

तपाईको प्रतिक्रिया