Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष  रामबहादुर थापा ‘बादल’ ले सुशीला कार्की नेतृत्वको सरकारले फागुन २१ मा गर्न लागेको निर्वाचनलाई वैधता दिन ‘हनी ट्र्याप’ भएको आरोप लगाएका छन्। उनले ठूलो र स्थापित दलहरूलाई यस्तो जालमा नपर्न आग्रह गरे।

एमाले चितवनले आज नारायणगढमा आयोजना गरेको जनसभामा सम्बोधन गर्दै बादलले भदौ २३ र २४ गते देश र जनताविरुद्ध गरिएको षड्यन्त्रलाई वैधता दिन सरकारले चुनावको नाटक गर्न खोजेको दाबी गरे। बादलका अनुसार फागुन २१ को निर्वाचन अघि स्थापित दल र तिनका नेताहरूलाई फसाउने विभिन्न योजना रचिएको छ। उनले संविधानले रोक्का गरेको व्यक्तिलाई विदेशी निर्देशनमा प्रधानमन्त्री बनाएको आरोप पनि लगाए।

 

 

 

 

तपाईको प्रतिक्रिया