Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले आफ्नो सूचना प्रविधि (आईटी) प्रणाली अनिश्चितकालका लागि बन्द गरिएको जनाएको छ।

मीनभवनस्थित विभागको डेटा सेन्टरमा आएको प्राविधिक समस्याका कारण इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स प्रणाली र applydlnew.dotm.gov.np मार्फत प्रदान हुने अनलाइन सेवाहरू आजदेखि पूर्ण रूपमा बन्द गरिएको विभागले सूचनामार्फत जानकारी दिएको छ।

विभागका अनुसार कार्तिक १६ गतेदेखि सेवा आंशिक रूपमा मात्र चलिरहेको थियो। तर समस्या समाधान नभएसम्म सेवाहरू पुनःसञ्चालन नहुने बताइएको छ। यसले गर्दा अनलाइन ड्राइभिङ लाइसेन्स आवेदन, नवीकरण तथा अन्य डिजिटल सेवाहरू अहिलेका लागि उपलब्ध हुने छैनन्।

 

 

तपाईको प्रतिक्रिया