Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – हङकङ सरकारले नोभेम्बर १५ देखि लागू हुने गरी नेपाली राहदानी बोकेका यात्रुलाई ट्रान्जिट भिसा नचाहिने व्यवस्था गरेको छ।

नेपाली महावाणिज्यदूतावास हङकङका अनुसार निरन्तर कूटनीतिक पहलपछि नेपालबाट अन्य देश वा अन्य देशबाट नेपाल यात्रा गर्दा विमानस्थलको ट्रान्जिट क्षेत्रभित्रै बस्ने सर्तमा अब ट्रान्जिट भिसा लिनु नपर्ने भएको हो।

सन् २००५ जूनदेखि हङकङ अन्तर्राष्ट्रिय विमानस्थल हुँदै यात्रा गर्ने नेपाली नागरिकका लागि ट्रान्जिट भिसा अनिवार्य थियो। संसारकै व्यस्त विमानस्थलमध्ये एक भए पनि यो नियमका कारण नेपाली यात्रुले लामो समयदेखि कठिनाइ भोग्दै आएका थिए।

महावाणिज्यदूतावासले भनेको छ “हङकङ सरकारले ट्रान्जिट भिसाको अनिवार्यता हटाएपछि नेपाली यात्रुलाई यात्रा सहज हुनेछ। साथै, हङकङ हुँदै यात्राको प्रवाह बढ्ने अपेक्षा छ।”

 

 

तपाईको प्रतिक्रिया