Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

काठमाडौं – पोर्चुगल सरकारले उच्च दक्षबाहेकका सबै प्रकारका कामदार भिसा जारी गर्न बन्द गरेको छ । लिस्बनस्थित नेपाली दूतावासले एक प्रेस विज्ञप्ति जारी गर्दै अक्टोबर २३ देखि लागू हुने गरी यो निर्णय गरिएको जानकारी दिएको छ ।

यससँगै अब उच्च दक्ष श्रमिकबाहेक अन्य नेपाली कामदारका लागि पोर्चुगलमा रोजगारीका अवसरहरू हाललाई बन्द भएका छन् । दूतावासले नेपाल र मध्यपूर्वका मुलुकहरूबाट पोर्चुगलमा रोजगारीको प्रलोभन देखाई ठगी गर्ने गिरोह सक्रिय हुन सक्ने भन्दै नेपाली नागरिकहरूलाई विशेष सावधानी अपनाउन अनुरोध गरेको छ । ‘कामदार भिसा नदिने निर्णयपछि पनि नेपालीहरूलाई पोर्चुगलमा रोजगार दिलाइदिने प्रलोभनमा पार्ने प्रयास भइरहेको जानकारी प्राप्त भएको छ,’ दूतावासले भनेको छ ।

दूतावासले पोर्चुगलमा कामदार भिसामा जान चाहनेहरूलाई कुनै पनि बहकाउमा नपर्न र यस्ता अवैध गतिविधिबाट टाढा रहन आग्रह गरेको छ । साथै, पोर्चुगल जानुअघि आधिकारिक जानकारीका लागि दूतावासमा सम्पर्क गर्न पनि सूचित गरिएको छ । यसअघि  पोर्चुगल नेपाली कामदारका लागि आकर्षक गन्तव्य बन्दै आएको थियो ।

तपाईको प्रतिक्रिया