बेइजिङ – चीनले बिहीबार जापानी प्रधानमन्त्री ताकाची सानाईलाई ताइवान मामिलामा जापानको सम्भावित संलग्नताबारे दिएको हालैको टिप्पणी तुरुन्त फिर्ता लिन आग्रह गरेको छ । चीनले जापानले त्यसो नगरेमा ‘सबै परिणामहरूको सामना गर्नुपर्नेछ’ भन्दै चेतावनी दिएको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले ओसाकास्थित चिनियाँ महावाणिज्यदूत सुए जियानले ताकाचीको अडानबारे सामाजिक सञ्जालमा गरेको पोस्ट उनको खतरनाक टिप्पणीमा लक्षित रहेको दोहोर्याएका छन् । उनले ताइवानबारे टोकियोलाई ‘आफ्ना गलत टिप्पणीहरूमाथि पुनर्विचार गर्न’ आग्रह गरेका छन् ।








