Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – भदौ २३ र २४ गतेका घटनाको छानबिनका लागि बनेको आयोगले नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङलाई विदेश जान रोक लगाएको छ। बिहीबार बसेको आयोगको बैठकले आयोगको स्वीकृति बिना काठमाडौं उपत्यका छोड्न नपाउने निर्णय गरेको आयोगका सदस्य तथा प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिए।

खापुङ आजदेखि सेवा निवृत्त भएका छन्। उनी निवृत्त भएपछि नयाँ प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले दर्ज्यानी चिन्ह लगाएका हुन्। आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “भदौ २३ र २४ गतेका घटनाको छानबिनका क्रममा खापुङलाई कुनै पनि समयमा आयोगमा उपस्थित हुनुपर्ने भएकाले आजैदेखि लागू हुने गरी उनको विदेश भ्रमणमा रोक लगाइएको छ।”

सम्बन्धित निकाय र खापुङलाई समेत आजै पत्राचार गरेर जानकारी दिने निर्णय भएको शर्माले बताए।

 

 

तपाईको प्रतिक्रिया