समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ५ हजार ९०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा २ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार बढेर तोलामा २ लाख ५० हजार २०० रुपैयाँ पुगेको हो।
त्यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। बुधबार तोलामा ३ हजार १७५ रुपैयाँमा रहेको चाँदी बिहीबार बढेर ३ हजार ३४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।








