समाचार सुन्नुहोस :
काठमाडौँ – दक्षिण कोरियामा ट्रकको ठक्करबाट झापाकी २२ वर्षीया मनीषा दाहालको मृत्यु भएको छ। सोलस्थित नेपाली दूतावासका अनुसार ओन्जु सहरमा सडक पार गर्ने क्रममा शनिबार मनीषालाई ट्रकले ठक्कर दिएको थियो।
गम्भीर घाइते भएकी मनीषालाई वनजु सेब्रान्स क्रिस्चियन अस्पताल पुर्याइए पनि उपचारका क्रममा उनको मृत्यु भएको हो। मनीषा एक वर्षअघि दक्षिण कोरियाको फार इष्ट युनिभर्सिटीमा अध्ययन गर्न गएकी थिइन्। उनको शव नेपाल पठाउने प्रक्रिया सुरु गरिएको दूतावासले जनाएको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाकी अध्यक्ष पार्वती मोक्तानका अनुसार ट्रक चालकले गल्ती स्वीकार गरेको छ र कानुनी प्रक्रिया तथा आवश्यक सहयोगका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको छ।








