समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ। तिहारअघि सुरु भएको बैठक अझैसम्म जारी रहेको छ।
पार्टीभित्र विशेष महाधिवेशन गर्ने कि नियमित महाधिवेशन भन्ने विषयमा सहमति नहुँदा नेताहरूबीच मतभेद देखिएको छ। केही नेताहरूले आगामी निर्वाचनअघि नै महाधिवेशन गर्नुपर्ने माग राखेका छन् भने अरूले निर्वाचनपछि मात्रै गर्नुपर्ने पक्षमा रहेका छन्।
पार्टी सभापति शेरबहादुर देउवा उपचारका लागि विदेशमा रहेका कारण पार्टीका निर्णयहरूमा ढिलाइ भएको बताइन्छ। नेताहरूले संसद् पुनर्स्थापना, आगामी निर्वाचनमा जाने तयारी र महाधिवेशन छिट्टै गर्नुपर्ने मागहरू बैठकमा उठाएका छन्।








