समाचार सुन्नुहोस :
काठमाडौँ – ‘मातृभूमि राष्ट्रिय जागरण अभियान’ सुरु गरेका नेता डा. भीम रावल प्रचण्ड र माधव नेपाल नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा सामेल हुन लागेका छन्।
नेकपा (एमाले) बाट निस्कासन भएपछि रावलले ‘मातृभूमि राष्ट्रिय जागरण अभियान’ थालेका थिए। अब उनलाई पार्टीमा भित्र्याउन नेपाली कम्युनिस्ट पार्टीले आज औपचारिक कार्यक्रम आयोजना गरेको हो।
दिउँसो २ बजे राष्ट्रिय सभागृहमा हुने सो कार्यक्रममा रावल औपचारिक रूपमा पार्टी प्रवेश गर्ने कार्यक्रम तय गरिएको छ।








