Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – जेनजी मुभमेन्ट नेपालले ऊर्जामन्त्री कुलमान घिसिङलाई तत्काल पदमुक्त गर्न माग गरेको छ। संगठनले घिसिङको संलग्नतामा ‘राष्ट्रघाती’ विद्युत् खरिद सम्झौता गरिएको आरोप लगाएउँदै उनलाई बर्खास्त गर्न माग गरिएको हो । जेनजी मुभमेन्टका प्रवक्ता विजय शाहले कात्तिक २५ गते जारी गरेको विज्ञप्तिमा ऊर्जा मन्त्री घिसिङ र नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक मनोज सिलवालको ‘सेटिङ’मा भारतको पीटीसी इन्डिया कम्पनीसँग गैरकानुनी रूपमा विद्युत् खरिद सम्झौता भएको उल्लेख छ। उक्त सम्झौताबाट नेपाललाई झण्डै ४३ करोड रुपैयाँ बराबर नोक्सानी हुने दाबी गरिएको छ।

विज्ञप्तिमा ऊर्जा मन्त्री घिसिङ र प्राधिकरणका प्रमुख सिलवालले विद्युत् नियमन आयोगको स्वीकृतिबिना सम्झौता गरेको पुष्टि भइसकेको जनाइएको छ। संगठनले यो कार्यलाई ‘सिधासिधा भ्रष्टाचार र राष्ट्रिय हितविरुद्धको कदम’ भनेको छ। ऊर्जामन्त्री घिसिङलाई तत्काल बर्खास्त गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दर्ता गर्न, प्रबन्ध निर्देशक सिलवाललाई निलम्बन गरी सम्पत्ति शुद्धीकरण ऐनअन्तर्गत छानबिन थाल्न र विद्युत् नियमन आयोगले स्वतन्त्र छानबिन समिति गठन गरी सबै सम्झौता सार्वजनिक गर्न संगठनले माग गरेको छ।

जेनजी मुभमेन्टले राष्ट्रघाती सम्झौतामा संलग्न सबैलाई जेल हाल्न र राज्यको सम्पत्ति फिर्ता गराउन कानुनी प्रक्रिया तत्काल अघि बढाउन पनि माग गरेको छ।

 

तपाईको प्रतिक्रिया