Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रूपैयाँ ६२ पैसा र बिक्रीदर १४२ रूपैयाँ २२ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रूपैयाँ ६९ पैसा र बिक्रीदर १६४ रूपैयाँ ३८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रूपैयाँ ४२ पैसा र बिक्रीदर १८७ रूपैयाँ २१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७५ रूपैयाँ ६९ पैसा र बिक्रीदर १७६ रूपैयाँ ४३ पैसा कायम गरिएको छ ।   

अष्ट्रेलियन डलर एकको खरिददर ९२ रूपैयाँ ४८ पैसा र बिक्रीदर ९२ रूपैयाँ ८७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रूपैयाँ ०३ पैसा र बिक्रीदर १०१ रूपैयाँ ४६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रूपैयाँ ६७ पैसा र बिक्रीदर १०९ रूपैयाँ १३ पैसा तोकिएको छ ।  जापानी येन १० को खरिददर नौ रूपैयाँ १९ पैसा र बिक्रीदर नौ रूपैयाँ २२ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ ८९ पैसा र बिक्रीदर १९ रूपैयाँ ९७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ ७६ पैसा र बिक्रीदर ३७ रूपैयाँ ९२ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ ८५ पैसा र बिक्रीदर ३९ रूपैयाँ ०२ पैसा कायम भएको छ । 

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ ३८ पैसा र बिक्रीदर चार रूपैयाँ ३९ पैसा, युएई दिराम एकको खरिददर ३८ रूपैयाँ ५६ पैसा र बिक्रीदर ३८ रूपैयाँ ७२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रूपैयाँ ०४ पैसा र बिक्रीदर ३४ रूपैयाँ १९ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ७३ पैसा र बिक्रीदर नौ रूपैयाँ ७७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रूपैयाँ ८९ पैसा र बिक्रीदर १४ रूपैयाँ ९५ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रूपैयाँ ९२ पैसा र बिक्रीदर २२ रूपैयाँ ०१ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १८ रूपैयाँ २२ पैसा र बिक्रीदर १८ रूपैयाँ ३० पैसा, कुवेती दिनार एकको खरिददर ४६१ रूपैयाँ ०८ पैसा र बिक्रीदर ४६३ रूपैयाँ ०३ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रूपैयाँ ६६ पैसा र बिक्रीदर ३७७ रूपैयाँ २६ पैसा, ओमनी रियाल एकको खरिददर ३६७ रूपैयाँ ८४ पैसा र बिक्रीदर ३६९ रूपैयाँ ४० पैसा रहेको छ । भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ । 

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।   

तपाईको प्रतिक्रिया