समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) मा दानबहादुर कार्की नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपीमा नियुक्त गरेको हो।
कार्की हाल काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत थिए। सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले मन्त्रिपरिषद्को निर्णयअनुसार कार्कीलाई आईजीपी नियुक्त गरिएको जानकारी दिए। प्रहरी नियमावली अनुसार, ३० वर्षे सेवा अवधि पूरा भएपछि हालका आईजीपी चन्द्रकुवेर खापुङ कात्तिक २६ गते बुधबारदेखि अनिवार्य अवकाशमा जानेछन्।
कार्की डीआईजी रहँदा लुम्बिनी प्रदेशमा कमाण्डरका रूपमा कार्यरत थिए। उनी कुनै विवादमा नपरेका र फिल्डदेखि आईजीपी सचिवालयसम्मको अनुभव भएका अधिकारी मानिन्छन्।








