समाचार सुन्नुहोस :
काठमाडौँ – चार वर्षपछि नेतृ रामकुमारी झाँक्री र कृष्णकुमार श्रेष्ठ (किसान) पुनः नेकपा (एमाले)मा फर्किएका छन्। सोमबार काठमाडौंमा आयोजित ‘घर फर्क’ अभियान कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई पार्टीको झण्डा प्रदान गर्दै स्वागत गरे।
२०७८ सालमा एमाले विभाजन हुँदा झाँक्री र श्रेष्ठ नेकपा (एकीकृत समाजवादी)मा गएका थिए। कार्यक्रममा ओलीले उनीहरूलाई एमालेको चुनाव चिह्न ‘सूर्य’ प्रदान गरे भने झाँक्री र श्रेष्ठले प्रतीकात्मक रूपमा ‘कलम’ चिह्न ओलीलाई दिए।
सो अवसरमा एमाले छाडी एकीकृत समाजवादीमा गएका अन्य केन्द्रीय सदस्य, प्रदेश र जिल्ला स्तरका नेताहरू पनि पुनः एमालेमा फर्किएका थिए।








