Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

टोकियो – जापानी सरकारले सन् २०२६ को आर्थिक वर्षदेखि विदेशी आगन्तुकहरूका लागि भिसा जारी शुल्क बढाउने योजना बनाएको छ । हाल जापानमा लाग्ने भिसा शुल्क संयुक्त राज्य अमेरिका र युरोपको तुलनामा निकै कम रहेकाले यो निर्णय गर्न लागिएको स्रोतले जनाएको छ ।

सन् १९७८ मा विदेश मन्त्रालयले तथ्याङ्क संकलन गर्न थालेयता यो पहिलो शुल्क वृद्धि हुनेछ । सरकारले यसबाट प्राप्त अतिरिक्त राजस्वको केही अंश ओभरटुरिज्म (पर्यटकको अत्यधिक चाप) नियन्त्रण गर्न प्रयोग गर्ने योजना बनाएको छ । ओभरटुरिज्मले गर्दा लोकप्रिय पर्यटकीय स्थलहरूमा अत्यधिक भीडभाड र वातावरणीय क्षति पुगिरहेको छ ।

हाल जापानमा एकल-प्रवेश भिसाका लागि करिब ३,००० येन (१९.५० डलर) र दोहोरो-प्रवेश वा बहु-प्रवेश भिसाका लागि ६,००० येन शुल्क लाग्छ। यसको तुलनामा, संयुक्त राज्य अमेरिकामा व्यवसाय वा पर्यटनका लागि १८५ डलर र बेलायतमा छोटो अवधिको बसाइका लागि १२७ पाउन्ड (१६७ डलर) शुल्क लाग्छ । युरो क्षेत्रका राष्ट्रहरूमा गैर-युरोपेली संघका नागरिकका लागि छोटो अवधिको भिसाको मानक शुल्क ९० युरो (१०४ डलर) रहेको छ ।जापानी सरकारले यस महिना तयार पार्ने बृहत आर्थिक प्याकेजमा आगामी अप्रिलदेखि सुरु हुने आर्थिक वर्षका लागि भिसा शुल्क वृद्धिको विषय पनि समावेश गरिने स्रोतहरूले बताएका छन् । सन् २०२४ मा जापान भ्रमण गर्ने विदेशी पर्यटकको संख्या रेकर्ड ३ करोड ६८ लाख ७० हजार पुगेको थियो ।

तपाईको प्रतिक्रिया