Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

टोकियो – जापानका चामल उत्पादक र थोक बिक्रेताहरूले आगामी महिनाहरूमा चामलको मूल्य घट्ने अपेक्षा गरेका छन् । ताजा फसल बजारमा आएसँगै चामलको भण्डारण बढ्ने भएकाले मूल्यमा कमी आउने अनुमान गरिएको हो ।

राइस स्टेबल सप्लाइ सपोर्ट अर्गनाइजेसनको अक्टोबरका लागि तीन महिने दृष्टिकोण सूचकांक अघिल्लो महिनाको तुलनामा १८ अंकले घटेर ३९ पुगेको छ । यो सूचकांक शून्यदेखि १०० को स्केलमा मापन गरिन्छ ।

यो आँकडा जुनयताकै सबैभन्दा कम हो । गत जुनमा सरकारले चामलको बढ्दो मूल्य नियन्त्रण गर्न आफ्नो सञ्चित भण्डारबाट बोलपत्रबिना नै चामल बिक्री गरेपछि सूचकांकमा भारी गिरावट आएको थियो ।

यस सर्वेक्षणमा देशभरका १८० चामल व्यवसायहरूको माग, आपूर्ति र मूल्यसम्बन्धी धारणा संकलन गरिएको थियो ।

 

तपाईको प्रतिक्रिया