Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

टोकियो – जापानकी प्रधानमन्त्री ताकाइची सनाएले गत हप्ता ताइवानमा आउनसक्ने सम्भावित आपतकालसम्बन्धी आफ्नो टिप्पणीले सरकारको विद्यमान अडानलाई परिवर्तन नगर्ने बताएकी छन् । उनले सोमबार तल्लो सदनको बजेट समिति बैठकमा बोल्दै उक्त कुरा बताएकी हुन् ।

प्रधानमन्त्री ताकाइचीले शुक्रबार समितिलाई सम्बोधन गर्दै ताइवानमा सैन्य बलको प्रयोगसहितको आपतकाललाई जापानको अस्तित्वमाथि खतरा मानिने अवस्थाका रूपमा लिन सकिने बताएकी थिइन् । सन् २०१५ मा लागू भएको राष्ट्रिय सुरक्षा कानूनअनुसार, जापानलाई ‘अस्तित्वमाथि खतरा उत्पन्न हुने अवस्था’ मा सामूहिक आत्मरक्षाको अधिकारको आधारमा सीमित रूपमा बल प्रयोग गर्न अनुमति दिन सकिन्छ ।

मुख्य विपक्षी दल संवैधानिक प्रजातान्त्रिक पार्टीका सांसद ओगुशी हिरोशीले सोमबार उनको टिप्पणीमाथि प्रश्न उठाएका थिए । उनले सुरक्षा कानूनमाथिको बहसमा समेत सरकारले ‘अस्तित्वमाथि खतरा उत्पन्न हुने अवस्था’ बारे छलफल गर्दा कुनै खास देश, क्षेत्र वा परिस्थितिको उल्लेख नगरेको बताए ।

ओगुशीले प्रधानमन्त्रीको भनाइको गम्भीरता र विदेशी प्रतिक्रियाबारेको चिन्तालाई ध्यानमा राख्दै ताकाइचीले आफ्नो टिप्पणी सच्याउनुपर्ने सुझाव दिए । ताकाइचीले आफूलाई ताइवानको सम्भावित आपतकाल के हुन सक्छ भनी सोधिएको प्रश्नको जवाफमा सबैभन्दा खराब परिस्थितिको कल्पना गरेर उक्त टिप्पणी गरेको बताइन् ।

उनले सरकारले कुनै पनि वास्तविक विशेष घटनाबारेको सबै जानकारीलाई विस्तृत रूपमा विचार गरेर कुन प्रकारको अवस्था ‘अस्तित्वमाथि खतरा उत्पन्न हुने हुनेछ भन्ने बारेमा निर्णय लिने कुरा पनि स्पष्ट पारेको बताइन् । प्रधानमन्त्रीले आफ्नो टिप्पणी सरकारको अडानअनुरूप रहेको र उनले यसलाई फिर्ता नलिने बताइन् । ताकाइचीले अबदेखि कुनै खास घटनाबारेको प्रश्नमा टिप्पणी गर्नबाट टाढा रहने पनि थपिन् ।

तपाईको प्रतिक्रिया