Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

टोकियो – जापानका तीन प्रिफेक्चरमा आइतबार बिहान भालुको आक्रमणबाट पाँच जना घाइते भएका छन् । यो घटना जापानमा भालुले मानिसलाई आक्रमण गरेका पछिल्ला घटनाहरूको श्रृंखलामध्ये एक हो ।

जापानको उत्तरपूर्वी अकिता प्रिफेक्चरमा, गोजोमे शहरमा एउटा भालुले ७८ वर्षीया एक महिलालाई आक्रमण गरेको प्रहरीले जनाएको छ । ती महिला चिच्याएको सुनेर नजिक पुगेकी ५० वर्षीया अर्की महिलालाई पनि भालुले आक्रमण गरेको थियो । दुवै जनालाई अकिता शहरको अस्पतालमा लगिएको छ । प्रहरीका अनुसार उनीहरू सचेत अवस्थामा छन् र कुरा गर्न सक्षम छन् ।

त्यसैगरी, अकिता प्रिफेक्चरकै मिसातो शहरमा आफ्नो घरको प्रवेशद्वारबाहिर ८३ वर्षीय एक वृद्धलाई भालुले आक्रमण गर्दा उहाँको अनुहारमा चोट लागेको छ । उहाँलाई पनि अस्पताल लगिएको छ र उहाँ सचेत अवस्थामा कुरा गर्न सक्ने अवस्थामा हुनुहुन्छ ।

एक नगर अधिकारीका अनुसार, आक्रमणकारी भालुलाई दिउँसो करिब १२ बजे प्रिफेक्चरका एक कर्मचारीले आफ्नो शिकार लाइसेन्स प्रयोग गरी ट्र्यान्क्विलाइजर बन्दुकले गोली हानी मारेका छन् । अकिता प्रिफेक्चरले अक्टोबर महिनादेखि मानिसमाथि भालुको आक्रमण बढेपछि प्रिफेक्चरभर एसियाली कालो भालुबारे मानिसहरूलाई चेतावनी दिँदै आएको छ ।

छिमेकी आओमोरी प्रिफेक्चरमा, सानोहे शहरमा एउटा रामेन रेस्टुरेन्टका ५० को दशकका एक कर्मचारीलाई पसलबाहिर भालुले आक्रमण गरेको थियो। उहाँको निधारमा चोट लागेको बताइएको छ र अस्पतालमा उपचारपछि घर फर्कनुभएको छ । शहरले वरपरका बासिन्दाहरूलाई सचेत रहन आग्रह गर्दै गस्ती गरिरहेको छ ।

मध्य जापानको निगाता प्रिफेक्चरमा, ६० को दशकका एक पुरुषलाई घरबाहिरको झाडीबाट निस्केको भालुले आक्रमण गरेको थियो । प्रहरीका अनुसार करिब १ मिटर लामो भालुले ती व्यक्तिलाई धकेल्ने प्रयास गरेको र उनको देब्रे कोखामा पंजाले चिथोरेको थियो ।

तपाईको प्रतिक्रिया