Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ –  आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३०.०२ अंकले घटेर २५६६ विन्दुमा झरेको छ। लगातार २६ सय विन्दुमा टिक्ने प्रयास असफल भएपछि बजार फेरि ओरालो लागेको हो। यसदिन कारोबार रकम पनि घटेको छ। बिहीबार पाँच अर्ब ५१ करोड रुपैयाँको कारोबार भएकोमा आइतबार चार अर्ब ९० करोड रुपैयाँमै सीमित भयो। बजारमा रहेका सबै समूहगत परिसूचकहरू घटेका छन्, जसमा वित्त कम्पनी समूह सबैभन्दा धेरै २.९१ प्रतिशतले घटेको छ।

आइतबार तीन सय २३ कम्पनीका सेयर कारोबारमा आएका थिए। तीमध्ये ४७ कम्पनीका मूल्य बढे, २६० घटे र बाँकी स्थिर रहे। हालै सूचीमा समावेश भएका माबिलुङ्ग इनर्जी, दरमखोला जलविद्युत र सागर डिष्टिलरी का सेयर मूल्य १० प्रतिशतले बढ्दै सर्किट ब्रेक लागेको छ। बजार बन्द हुँदा माबिलुङ्ग इनर्जीको मूल्य ४६४.९० रुपैयाँ, दरमखोलाको ४८६.६० रुपैयाँ र सागरको ३५१.४० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, उन्नती सहकार्य लघुवित्त को सेयर मूल्य १० प्रतिशतले घटेर २,१७० रुपैयाँमा पुगेको छ। यसदिन सबैभन्दा बढी कारोबार युनियन हाइड्रो को सेयरमा भयो, जसको कारोबार रकम २७ करोड ७६ लाख रुपैयाँ पुगेको छ।

 

 

तपाईको प्रतिक्रिया