समाचार सुन्नुहोस :
काठमाडौँ – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सुकुम्बासीका समस्यामा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध लड्ने घोषणा गरेका छन्। आइतबार काठमाडौँको मनोहरास्थित सुकुम्बासी बस्ती पुगेका प्रसाईंले बालेनविरुद्धको संघर्षमा आफूले सुकुम्बासीलाई सहयोग गर्ने बताएका हुन्।
सुकुम्बासी बस्ती खाली गर्न महानगरले दिएको एक साताको अल्टिमेटम आज सकिँदै गर्दा प्रसाईं उनीहरूको पक्षमा उभिएका हुन्। उनले मंसिर ७ गतेदेखि सुरु हुने आफ्नै अभियानमा सबैलाई साथ दिन आह्वान गरे।
प्रसाईंले सुकुम्बासीलाई लछारपछार गर्नेहरूको घरपरिवारलाई पनि त्यस्तै गर्ने चेतावनी दिँदै, बालेन र सबै दललाई ‘ठेगान लगाउने’ बताएका छन्।








