समाचार सुन्नुहोस :
काठमाडौँ – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आज काठमाडौंमा प्रदर्शन र सभा आयोजना गर्दैछ। जेनजी आन्दोलनपछि देखिएका राजनीतिक घटनाक्रमबारे पार्टीको धारणा जनतामाझ पुर्याउने उद्देश्यले यो सभा गर्न लागिएको नेकपाले जनाएको छ।
दिउँसो १ बजे भृकुटीमण्डपमा हुने सभालाई महासचिव नेत्रविक्रम चन्द विप्लवले सम्बोधन गर्ने कार्यक्रम छ। सभाअघि र्याली निकाल्ने तयारी समेत गरिएको छ।
पार्टीले काठमाडौं उपत्यका र आसपासका जिल्लाबाट कार्यकर्ता सहभागी गराउने तयारी गरेको छ। नेकपाका अनुसार कार्यक्रममा १० हजारभन्दा बढी कार्यकर्ता सहभागी हुने अपेक्षा गरिएको छ।








