Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ –  नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले संविधान बचाउन संसद् पुनर्स्थापना गरी संविधान संशोधनमार्फत ताजा जनादेशमा जानुपर्ने बताएका छन्। बुटवलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले संसद् पुनर्स्थापना नै संविधान र जनताको हितमा हुने बताए।

उनका अनुसार जेन–जी आन्दोलनमा उठेका युवा पुस्ताका माग सम्बोधन गर्न पनि संसद् पुनर्स्थापना आवश्यक छ। पौडेलले भदौ २३ गते भएको जेन–जी आन्दोलनका युवाको हत्याको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने बताए। उनले भदौ २४ गते भएको आगजनी र तोडफोड घटनाको पनि छानबिन गरेर कानुनी कारबाही गर्न माग गरे।

पौडेलले आगामी एमाले महाधिवेशनले सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने दाबी पनि गरे।

 
 

तपाईको प्रतिक्रिया