Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

काठमाडौं – बहुविवाह मुद्दामा दोषी ठहर भएका नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा डिल्लीबजार कारागार चलान भएका छन् । बुधबार फैसला कार्यान्वयनका लागि शेर्पालाई अदालत उपस्थित गराइएको थियो । अदालतले डिल्लीबजार कारागार चलानका लागि पत्र दिएपछि डिल्लीबजार पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

२०८१ असोजमा उच्च अदालत पाटनले नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पालाई बहुविवाहमा दोषी ठहर गरेको थियो । उच्च अदालतका न्यायाधीशद्धय डालकुमार खड्का र डिल्लिरत्न श्रेष्ठको इजलासले असोज ६ गते शेर्पालाई बहुविवाहमा दोषी ठहर गरेको थियो ।

उनलाई उच्च अदालतले बहुविवाह गरेको कसुरमा एक वर्ष जेल सजाय र पाँच हजार रुपैयाँ जरिवाना ठहर गरेको हो । उच्चले जिल्ला अदालतको फैसला सदर गरेको हो । जिल्ला अदालत काठमाडौँले २०७९ चैत २३ गते उनलाई दोषी ठहर गरेको थियो ।

पहिलो श्रीमती करिष्मा खरेल शेर्पाले कुटपिट, अंशसहित बहुविवाहमा मुद्दा दायर गरेकी थिइन् । खरेलले पासाङसहित कान्छी श्रीमती पूजा परियारविरुद्ध जिल्ला अदालत काठमाडौँमा बहुविवाह मुद्दा दायर गरेकी थिइन् । सो मुद्दामा जिल्ला अदालतले बहुविवाह भएको ठहर गरेको थियो । जिल्लाले पासाङ शेर्पा र करिश्मा खरेलसँग २०६१ असारमा र पुजासँग २०६३ मा विवाह गरेको ठहर गरेको थियो ।

तपाईको प्रतिक्रिया