Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

काठमाडौं – कतारमा जारी विश्वकप फुटबल अन्तर्गत समूह ‘डी’ मा रहेको अस्ट्रेलियाले ट्युनिसियालाई पराजित गरेको छ।कतारको अल जानौब रङ्गशालामा शनिबार भएको खेलमा अस्ट्रेलियाले ट्युनिसियालाई १–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो।अस्ट्रेलियाको लागि मिचेल डुकले गोल गरे। खेलको २३ औँ मिनेटमा मिचेल डुकले गरेको एक गोल नै अस्ट्रेलियाको जितका लागि निर्णायक साबित भयो।

बल पोसेसनमा पकड जमाएको ट्युनिसियाले गोलको लागि निकै राम्रा प्रयास गरे पनि गोल गर्न असफल भयो। जितसँगै अस्ट्रेलियाले फ्रान्ससँग समान ३ अंक बनाएको छ। पराजित ट्युनिसियाले पहिलो खेलमा डेनर्माकसँग बराबरी खेल्दै एक अंक बाँडेको थियो।खेलमा अस्ट्रेलिया र फ्रान्सको समान ३ अंक हुँदा ट्युनिसिया र डेनमार्कको समान १-१ अंक रहेको छ। डेनमार्क फ्रान्ससँग केहि समयमा प्रतिस्पर्धा गर्दै छ।

 

तपाईको प्रतिक्रिया