काठमाडौं – कतारमा जारी फिफा विश्वकप फुटबलमा उरुग्वे र दक्षिण कोरियाले बराबरी खेल्दै अंक बाँडेका छन् । एजुकेसन सिटी स्टेडियममा बिहीबार राति भएको खेलमा उरुग्वे र दक्षिण कोरियाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
निकै रोमान्चक बनेको खेलमा दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् । जसको कारण खेल गोलरहित बराबरीमा सकिएको हो । यस बराबरीले समूह एचमा दुवैले १-१ अंक जोडेका छन् । आजै समूहको अर्को खेलमा पोर्चुगल र घाना भिड्नेछन् ।








