Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

काठमाडौँ – आइतबारबाट कतारमा सुरू भएको २०२२ को विश्वकपमा आयोजक कतार इक्वेडरसँग २-० ले पराजित भएको छ। जारी विश्वकपमा आयोजक कतार उद्घाटन खेलमानै पराजित भएसँगै खराव इतिहास समेत आफ्नो नाममा पारेको छ।

कतार विरुद्व इक्वेडरले पहिलो हाफमा गरेको २ गोलनै दोस्रो हाफमा पनि कायम रह्यो। विश्वकप इतिहासमा आयोजक राष्ट्र उद्घाटन खेलमा पराजित भएको यो पहिलो पटक हो। यसअघि कुनैपनि आयोजक राष्ट्रले उद्घाटन खेलमा हार भोग्नु परेको थिएन्। आईतबार राति भएको विश्वकपको पहिलो खेलमा कतार इक्वेडरसँग २-० ले पराजित हुँदा कतारको नाममा खराव रेकर्ड दर्ज भयो। खेलमा कतारले १६ औं मिनेटमानै भ्यालेन्सियाको पेनाल्टी गोलमार्फत अग्रता बनाएको थियो।

इक्वेडरले ३१ औं मिनेटमा अग्रता दोब्बर बनायो। दोस्रो गोल पनि भ्यालेन्सियालेनै सम्भव बनाए। उनले आकर्षक हेडमार्फत गोल गरेका थिए। कतारले भने सिमित अवसरमा गोल गर्न सकेन्। दुई गोल गरेका भ्यालेन्सिया पुरै समय मैदानमा भने रहन सकेनन्। घुँडामा चोट बोक्न पुगेपछि उनलाई सब्सटिच्युट गरिएको थियो।

तपाईको प्रतिक्रिया