Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

काठमाडौं – पाकिस्तान अष्ट्रेलियामा जारी टी-२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा न्युजिल्याण्डलाई ७ विकेटले पराजित गर्दै पाकिस्तानले फाइनलमा स्थान बनाएको हो । सिड्नीमा भएको सेमिफाइनलमा न्युजिल्याण्डले दिएको १५३ रनको लक्ष्य पाकिस्तानले ५ बल बाँकी छँदै ३ विकेट गुमाएर पूरा गरेको हो । ओपनरद्वय मोहम्मद रिजवान र बाबर अजामले अर्धशतक प्रहार गरे ।

यो जोडीले पहिलो विकेटका लागि १०५ रनको साझेदारी गर्दै जितको आधार तया पारेका थिए । रिजवानले ४३ बल खेल्दै ५ चौका मद्दतमा सर्वाधिक ५७ रन बनाए । कप्तान बाबरले ४२ बलमा ५३ रन बनाउने क्रममा ७ चौका प्रहार गरे । मोहम्मद ह्यारिसले २६ बल खेल्दै २ चौका र १ छक्का मदतमा ३० रन बनाए । शान मसुद ३ रनमा अविजित रहे ।

न्युजिल्याण्डका ट्रेन्ट बोल्टले २ विकेट लिए । मिचेल सान्टनरले १ विकेट लिए ।

तपाईको प्रतिक्रिया