Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

काठमाडौँ – बलिउड अभिनेता शाहरूख खान आगामी फिल्म ‘जवान’ को छायांकनमा व्यस्त छन्। यो फिल्म जुन २ मा प्रदर्शन हुँदैछ। प्रदर्शन अगावै फिल्म विवादमा फसेको छ। भारतीय सञ्चारमाध्यम बलिउड ह‌ंगामाका अनुसार फिल्मविरूद्ध कथा चोरीको आरोप लागेको छ। तमिल फिल्म निर्माता मणिकम नारायणनले ‘जवान’को कथा आफ्नो फिल्मबाट चोरी गरेको आरोप लगाएका हुन्।

उनले ‘जवान’का निर्देशक एटलीविरूद्ध तमिल फिल्म निर्माता संघमा उजुरी दिएका छन्। उनले आफूले निर्माण गरेको फिल्म ‘पेरारासु’ बाट यो फिल्मको कथा चोरिएको आरोप लगाएका हुन्। ‘जवान’ मा शाहरुख खानको दोहोरो भूमिका रहेको बताइएको छ। फिल्ममा दक्षिण भारतीय अभिनेत्री नयनतारा, विजय सेतुपति, योगी बाबु र प्रियमणिलगायत कलाकारको अभिनय छ। एटलीले पहिलो पटक बलिउड फिल्म निर्देशन गरेका हुन्।

सन् २००६ मा प्रदर्शन भएको फिल्म ‘परारासु’ मा विजयकान्तले दोहोरो भूमिका निभाएका थिए। फिल्ममा उनी बाल्यकालमा अलग भएका जुम्ल्याहा भाइको भूमिकामा देखिएका थिए। यस उजुरीको छानबिन सोमबार हुने इन्डिया टुडेमा उल्लेख छ। यो फिल्मको अधिकार निर्माता मणिकम नारायणनसँग भएको बताइएको छ। शाहरूख खान ‘पठान’ र ‘डंकी’मा पनि देखिनेछन्। यी तीनै फिल्म आगामी वर्ष प्रदर्शन हुनेछ।  शाहरूख पछिल्लो समय ‘जिरो’मा देखिएका थिए। यो फिल्म बक्स अफिसमा असफल सावित भएको थियो। उनी ४ वर्षपछि फिल्ममा कमब्याक गर्दैछन्।

 

तपाईको प्रतिक्रिया