
काठमाडौं – नेपाल यू-२० महिला एसिया कप छनोटको समूह ‘बी’ मा परेको छ । समूह बी मा आयोजक प्यालेस्टायन र नेपालसँगै युएई, नर्दन मारियाना आइसल्यान्ड रहेका छन् । पहिलो चरणको छनोटका खेलहरु २०२३ मार्च ४ देखि १२ सम्म आयोजना हुनेछन् ।
सन् २०२४ मा उज्वेकिस्तानमा आयोजना हुने एसिया कपका लागि छनोटको दोस्रो चरणमा हरेक समूहका विजेताले स्थान बनाउने छन् । छनोटमा ३१ टीमलाई ८ समूहमा विभाजन गरिएको छ ।








