Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

काठमाडौँ – कीर्तिमान पौडी खेलाडी गौरिका सिंह अस्वस्थ भएकी छिन् । जसका कारण उनले आज (शनिबार) हुने नवौं राष्ट्रिय खेलकुदका २ स्पर्धाको फाइनल गुमाउने छिन् । उनले १०० मिटर फ्रिस्टायल र २०० मिटर ब्याकस्ट्रोकको फाइनलमा स्थान सुरक्षित गरेर पनि खेल्न नसक्ने भएकी हुन् ।गौरिका सहभागी नेपाल आर्मी टिमका सहायक टोली नेता मेजर सागरशम्शेर थापाले पेट दुखेका कारण गौरिकाले खेल्न नसकेको बताए ।

अस्वस्थ हुँदा हुँदै पनि बिहान भएको १०० मिटर फ्रिस्टायल र २०० मिटर ब्याकस्ट्रोकको हिटमा उनी सहभागी भएकी थिइन् । तर उनको प्रदर्शन राम्रो भएको थिएन । २ सय मिटर ब्याक स्ट्रोकमा पहिलो र १०० मिटर फ्रिस्टायलमा तेश्रो भएर उनी फाइनलमा भने पुगेकी थिइन् । गत आठौं राष्ट्रिय खेलकुदमा उनले भाग लिएका सबै १२ वटा स्पर्धामा स्वर्ण जितेकी थिइन् ।

 

तपाईको प्रतिक्रिया