Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले मानसिक तनाव र स्वास्थ्य खराबीको आइसोलेसन र नेपाल फर्किने तयारीमा रहेको जानकारी दिएका छन् । राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान लामिछानेले आफूमाथि लागेको अभियोगको ‘प्रतिवाद गर्न नेपाल फर्किने तरखर’मा रहेको बताएका हुन् ।

लामिछानेले आफ्नो अनुपस्थितिमा अपराधी साबित गराउने झुटो प्रपञ्च रचिएको बताएका छन् । आइतबार साँझ फेसबुकमा लामो स्टाटसमा भनेका छन्, ‘मेरो अनुपस्थितिमा मलाई अपराधी साबित गराउने झुटा जाहेरी प्रपञ्चहरूको मैले कानुनी लडाइँ लड्ने छु । मैले बुझेसम्म नेपालको संविधानले कसुर प्रमाणित नभएसम्म कसुरदार नमानिने व्यवस्था गरेको छ। संविधानले सम्मानपूर्वक बाँच्न पाउने, यातना विरुद्दको हक, गोपनीयताको हक, स्वास्थ्य सम्बन्धीको हक र मेरो कानुन व्यवसायीसँग कानुनी परामर्श गर्न पाउने हकसमेत रहेको बुझेको छु।’

आफ्नो चरित्रमा गम्भीर आँच आउने खालका आरोप र समाचारले मानसिक रूपमा विक्षिप्त भएको उल्लेख गरेका छन् । भनेका छन्, ं मविरूद्ध परेको झुट्टा जाहेरीको विषयमा विद्युतीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा एकलौटी तरिकाले, सत्यतथ्य नबुझी झुट्टा जाहेरी मात्रको आधारमा मेरो चरित्रमा गम्भीर आँच आउने गरी समाचारहरू आए। मेरो नाउँमा वारेन्ट जारी भएको समाचार र मविरूद्ध परेको जाहेरी सार्वजनिक हुनुले मलाई मानसिक रूपमा विक्षिप्त बनायो। के गर्ने के नगर्ने भन्ने सोच्न सक्ने अवस्था मेरो रहेन।’

गत भदौ २१ गते १७ वर्षीय एक किशोरीले प्रहरी वृत्त गौशालामा सन्दीपविरुद्ध उजुरी दिएकी थिइन्। लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौँले २३ भदौमा जिल्ला प्रहरी कार्यालय, काठमाडौँलाई अनुमति दिएको छ । त्यही अनुसार उनलाई पक्राउ गर्न काठमाडौँ प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयलाई पत्राचार गरेको छ । त्यसको आधारमा उनी विमानस्थलमा ओर्लिने बित्तिकै पक्राउ पर्नेछन् । लामिछाने ६ भदौमा टी–२० सिरिज खेल्न केन्या गएका थिए । त्यसको अघिल्लो राति उनले काठमाडौँको पिंगलास्थानस्थित एक होटलमा लगेर १७ वर्षकी किशोरीलाई जबरजस्ती करणी गरेको अभियोग छ ।

तपाईको प्रतिक्रिया