Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

काठमाडौं – साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशले उचालेको छ । पहिलो पटक साफ च्याम्पियन बन्ने अवसर घरेलु मैदानमा नेपालले गुमाउँदा बंगलादेशले उपाधि उचालेको हो ।

बंगलादेशले ३-१ गोल अन्तरले घरेलु मैदान त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाललाई पराजित गर्दै उपाधि उचालेको हो । बंगलादेशका लागि श्रीमोती कृष्णरानी सरकारले दुई गोल गरिन् भने शामसुनाहरले एक गोल।  नेपालका लागि अनिता बस्नेतले सान्त्वना गोल फर्काइन् ।  जितसँगै बंगलादेश साफको नयाँ च्याम्पियन बनेको छ ।

बंगलादेशसँग पराजित भएसँगै नेपाल पाँचौं पटक साफ च्याम्पियनसिपको फाइनलमा चुकेको छ । यसअघि चार पटक भारतसँग पराजित भएको नेपाल यो पटक बंगलादेशसँग उपाधि रक्षा गर्नबाट चुकेको हो ।

तपाईको प्रतिक्रिया