Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

काठमाडौं – म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगको नयाँ सिजनमा खराब शुरुवात गरेको छ । आइतबार सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड ब्राइटनसँग २-१ गोल अन्तरले पराजित भएको हो ।

युनाइटेडले आफ्नो घरेलु मैदानमा हारबाट नयाँ सिजनको शुरुवात गरेको छ । ब्राइटनको जितमा पासकल ग्रोबले दुवै गोल गरेका थिए । उनले खेलको ३० र ३९औं मिनेटमा गोल गरेका थिए । युनाइटेडका लागि एक गोल ब्राइटनका एलेक्सिस म्याक अलिस्टरले आत्मघाती गोल गरेका थिए ।

यस खेलमा प्रशिक्षक एरिक टेन ह्यागले क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखेका थिए । रोनाल्डो खेलको ५३औँ मिनेटदेखि फ्रेडको ठाउँमा खेलेका थिए । यो जितसँगै ब्राइटनले महत्वपूर्ण जित हासिल गर्दै सिजनको उत्कृष्ट शुरुवात गरेको छ ।

तपाईको प्रतिक्रिया