Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

काठमाडौँ – भारतमा जारी साफ यू -२० पुरुष फुटबल च्याम्पियनसिप अन्तर्गत आफ्नो दोस्रो खेलमा आज नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्दै छ। भुवनेश्वरस्थित कालिङ्गा स्टेडियममा हुने खेलमा नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्न लागेको हो।

श्रीलंकाविरुद्ध हुने खेल नेपाली समय अनुसार साँझ सवा ७ बजे हुनेछ। पहिलो खेलमा सुखद सुरुवात गरेको नेपालले दोस्रो खेलमा पनि निरन्तरता दिन चाहन्छ। साथै श्रीलंकालाई हराएर लगातार दोस्रो जित निकाल्दै फाइनल प्रवेशका साथ बलियो आधार बनाउन चाहन्छ। यस अघि सोमबार भएको उद्घाटन खेलमा नेपालले माल्दिभ्सलाई ४–० गोल अन्तरले हराएको थियो।

तपाईको प्रतिक्रिया