Deneme Bonusu Veren Siteler
बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

काठमाडौं – आगामी संस्करणको विश्वकप फुटबल प्रतियोगितामा सहभागीह हुने हरेक टिमले तीन जना थप खेलाडी राख्न पाउने भएका छन्। विश्व फुटबल महासंघ, फिफाले कतार विश्वकपमा सहभागी हुने हरेक टिमले आफू टिममा २६ खेलाडी राख्न पाउने बनाएको हो।

यसअघि, विश्वकपमा सहभागी हुने टिमले जम्मा २३ खेलाडी राख्न पाउने व्यवस्था थियो। कोरोना महामारीपछि भने फिफाले हरेक टिमलाई २६ खेलाडी राख्न अनुमति दिँदै आएको छ । उक्त नियमअनुसार पछिल्लो संस्करणको युरो कप फुटबलमा पनि सबै टिमलाई २६ खेलाडी राख्न दिइएको थियो।

आगामी २१ नोभेम्बरदेखि १८ डिसेम्बरसम्म हुने कतार विश्वकपमा ३२ टिम सहभागी हुँदैछन्। सबै टोलीको टुंगोसमेत लागिसकेको छ।

तपाईको प्रतिक्रिया