Deneme Bonusu Veren Siteler
बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

काठमाडौँ – एसिसी महिला टी-२० च्याम्पियनसिप अन्तर्गत नेपालले आज आफ्नो दोस्रो खेलमा कुवेतको सामना गर्दैछ । खेल मलेसियाको किनरारा मैदानमा  नेपाली समय अनुसार दिउँसो पौने १ बजेबाट सुरु हुनेछ ।

नेपाल आज लगातार दोस्रो जित निकाल्ने योजनामा छ । नेपालले  पहिलो खेलमा नेपालले भुटानलाई ५० रनले हराएको थियो । कुवेत भने पहिलो जित निकाल्ने सोचमा छ । कुवेत र बहराइन बीचको पहिलो खेल वर्षाले नतिजा विहीन बनेको थियो ।

कुवेतविरुद्धको यस अघिको दुई भेटमा नेपालले जित निकालेको थियो । त्यसैले नेपाल आत्मविश्वासका साथ मैदान उत्रने छ । छनोटको समूह ‘बी’मा नेपाल दुई  अंकका साथ शीर्ष स्थानमा रहँदा कुवेत एक अंक जोडेर दोस्रो स्थानमा छ ।

तपाईको प्रतिक्रिया