Deneme Bonusu Veren Siteler
बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

काठमाडाैं – अंग्रेजी महिनाको जुन-जुलाई । यो महिना विश्वभरका फुटबलप्रेमीका लागि ४ वर्षको अन्तरालमा उत्सव बनेर आउँथ्यो । ४ वर्ष अघि अर्थात् सन् २०१८ मा आजकै दिन विश्वकप फुटबलको दोस्रो दिन थियो । तर, मंगलबार मात्रै फिफाले विश्वकप भिड्ने टोलीको टुंगो लगाएको छ ।

यसपालीको विश्वकप फुटवल कतारमा आयोजना हुँदैछ । यो बेला कतारमा अत्याधिक गर्मी हुने हुँदा विश्वकपको मिति धकेलियो । अब नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म कतारमा विश्वकप फुटबलको माहोल तात्नेछ । यसपालीको विश्वकप फुटबलमा ३२ वटा देश विश्वकपमा भिड्दै छन् । जसमा सबैभन्दा बढी युरोपबाट १३ एसियाबाट एसियाबाट ६ उत्तर अमेरिकाबाट ४ अफ्रिकाबाट ५ र दक्षिण अमेरिकाबाट ४ राष्ट्र विश्वकपमा छनोट भएको फिफाले जनाएको छ ।

  • कुन समूहमा को-को ?

समूह ए – कतार, नेदरल्याण्ड, सेनेगल, इक्वेडर

समूह बी – इंग्ल्यान्ड, अमेरिका, इरान, वेल्स

समूह सी – अर्जेन्टिना, मेक्सिको, पोल्याण्ड, साउदी अरेबिया

समूह डी – फ्रान्स, डेनमार्क, ट्युनिसिया, अष्ट्रेलिया

समूह ई – स्पेन, जर्मनी, जापान, कोस्टारिका

समूह एफ – बेल्जियम, क्रोएसिया, मोरक्को, क्यानडा

समूह जी – ब्राजिल, स्वीट्जरल्याण्ड, सर्बिया, क्यामरुन,

समूह एच – पोर्चुगल, उरुग्वे, दक्षिण कोरिया, घाना

तपाईको प्रतिक्रिया