Deneme Bonusu Veren Siteler
बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

काठमाडौं – राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहसँग भेट गरेका छन् । पूर्व कप्तानद्वय पारस र ज्ञानेन्द्र मल्ल लगायतले मंगलबार मेयर बालेनसँग भेट गर्दै काठमाडौंबाट ग्रासरुट देखि नै क्रिकेट खेलाडीको विकास गर्ने विषयमा छलफल गरेका थिए ।

‘उहाँ खेलकुदमा रुची राख्ने हुनुहुन्छ । मेयर बन्नु अघि पनि हाम्रो एकेडेमीमा आएर क्रिकेटको विषयको बारेमा छलफल गर्नुभएको थियो,’ पारसले भने, ‘पछिल्लो समय काठमाडौंबाट नयाँ खेलाडीहरु देखिएका छैनन् त्यसैले अब स्कुलदेखि ग्रासरुट देखि नै खेलाडीहरु कसरी उत्पादन गर्न सकिन्छ भनेर छलफल भयो ।’

पारस, ज्ञानेन्द्र सँगै शरद भेषावकर र त्यसपछि आएका सुबास खकुरेल र पृथु बास्कोटापछि काठमाडौंबाट नयाँ खेलाडी खासै नदेखिएको पारसले बताए । ‘पछिल्लो पटक काठमाडौंबाट आएको खेलाडी पृथु हो । त्यो पनि दशकअघि’, पारसले भने । पारस, ज्ञानेन्द्र र उनीहरुको टिमले काठमाडौंमा क्रिकेट प्रशिक्षण दिन क्रिकेट एक्सलेन्स सेन्टर सीईसी एकेडेमी सञ्चालन गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया